कविताको कविता

कविता - कविता सन्सार कविता,
हर मन्दिरको झंकार कविता,
बिना कविताको ब्याक्ति नहुने,
'सोमत' बिनाको लाचार कविता !


कविता रुन्छ कविता हास्छ,
कविता कहिले पिरती गास्छ,
नांगै एक्लै गल्लिहरुमा,
पागल कविता छम छमी नाच्छ !


हिड्दा कविता बस्दा कविता,
खादा कविता सुत्दा कविता,
माथि बसेर देवकोटाहरुले,
निहाली हेर्छन् कविता रमिता !

औकात आफै बाड्छ कविता ,
महँगो भन्दै ढाट्छ कविता,
दलाल गरेमा आक्रोश पोख्छ,
कविता बन्यो बर्खाको सरिता !


"कविता" खोज्छ कवि होस् कविता,
मानब मुटुको छवि होस् कविता,
रात्रिहरुमा चन्द्र भएनी ,
दिनहरुमा रवि होस् कविता !
-- 0 --
( कृपया बाध्यताबस सिर्जिएका ब्याकरनीया कमजोरी प्रति शीर झुकाउछु ! )
- गगन दाहाल

Popular Posts