Welcome to Kankaidham (Kotihom)


Kankai dham, Kotihom is a very famous religious & touristy site situated in Surunga village development, Jhapa district in eastern part of Nepal with area of about ten hectors. It is sprawling at the eastern bank of the Kankai Mai the sacred river that flows through the central part of the district.There are more than two dozens of small & big temples, inns, cloister etc.in Kankaidham. About the history of its set-up,a grand ritual ceremony (Kotihom Mahayaggya) was performed here in 1985 AD with the outstanding inspiration and leadership of late Yogi Naraharinath a towering personality in the religious and historical field in and out of Nepal. Since then it has been named kotihom and latter changed into Kankaidham,Kotihom....... Read More

YOGI NARAHARINATH

  
योगी नरहरिनाथ
प्रारम्भ:
पूर्वीय आध्यात्म दर्शनमा धेरै बिशिष्ट व्यक्तिहरुको अभ्युदय भएको छ । भारत बर्षको प्राचिन धार्मिक सस्कृतिको  बृहद बिकाश र बिस्तारमा यस्ता महान व्यक्तित्वको योगदानले प्रमुख भूमिका खेलेको पाइन्छ । अध्यात्मिक आकाशमा  उदाएका  यस्तै  महान ताराहरु  मध्ये  एक  हुनुहुन्थ्यो  नेपालका  राष्ट्रगुरु  योगी नरहरिनाथ । योगीजीलाई बिद्वानहरुले ब्रह्मबेत्ता,पुरातत्वबिद, राजनीतिज्ञ, आध्यत्मबादी, जीवन्त इतिहासकार, जीवन्त चाणक्य, र महान तपस्वी, योगी आदि अनेकन शब्द अलङ्कारले  विभूषित गरेका  छन् । यतिमात्र  होइन वहालाई धर्म र सस्कृतिका जयस्तम्भ, लोक सस्कृतिका धुरन्धर, बहुमुखी प्रतिभाका खानी, आयुर्वेदीय जरिबुटिका बिशिष्ट ज्ञाता, राजी र राहुटेहरुको  थात-थलो, वंशानुक्रमका  पारखी, जुम्ला, सिजा राजधानीका दर्रा-दर्राका कथाहरु भन्न सक्ने, सम्पूर्ण थर, गोत्रका वंशावली पर्गेल्ने विद्वान व्यक्तित्वका रुपमा परिचित गराउने गरिन्छ ।
वाल्यकाल र शिक्षा :
   नेपालको बिकट मानिएको कर्णाली अंचलको जुम्ला जिल्ला अन्तर्गत कालिकोटको लालु गाउँमा वि. सं. १९७१ साल फाल्गुन १७ गते मत गौरी र पिता ललितका माइला छोराका रुपमा उहाँको जन्म भएको कुरा तथ्य हरुबाट थाहा हुन्छ। उहाको प्रारम्भिक शिक्षा  दिक्षा माता पिताबाट वि. सं. १९७६ वैशाखी पुर्णिमाको दिन जुम्ला जिल्लाको छिनाशिम स्थित श्री भैरवनाथ, श्री चन्दननाथ मन्दिर परिशरको चन्दननाथ भाषा पाठशालामा योगी छिप्रानाथजीका सानिध्यमा अध्ययन कार्यको शुभारम्भ भएको थियो ।  त्यसपछि मात्र उहाँले गोरखा, काठमाडौँ, काँशी, हरिद्वार कुरुक्षेत्र, पंजाव,  रावलपिण्डीका विद्यालय, महाविद्यालय, तथा विश्व विद्यालयका गुरुकुलहरुमा  अध्ययन गरेर औपचारिक रुपमा शास्त्री र विद्यालंगकार  (स्नातकोत्तर) तह सम्मको शिक्षा ग्रहण गर्नु भएको कुरा उहाका गुरु छिप्रानाथ  योगीले मृगस्थली स्थित सिद्धांचल गोरखनाथ मन्दिरमा बताउनु हुदा पत्ता लागेको हो ।
भारत बसाई सहयोग र सम्मान  :
   योगी नरहरिनाथ ले जीवनको केहि समय भारत लगाएत विश्वका विभिन्न राष्ट्रमा  विभिन्न गतिविधिमा खर्चनु भएको छ । उहाले बिशेषता भारतमा अध्ययन, अनुसन्धान, र योगीको रुपमा मात्र होइन भारतीय स्वतन्त्रता संग्रामका बेला भारतीय विश्वविद्यालयको बिद्यार्थी अवस्थामा महात्मा गान्धीको आह्वानमा चलेको सत्याग्रह आन्दोलनमा भाग लिएर हिड्दा रावलपिन्डी, लाहोर, मुल्तान, सिन्ध, पन्न्जाव (हाल पाकिस्तान), दिल्ली, कोलकाताका कारागारमा पनि कठोर वन्दी जीवन बिताउनु भएको थियो । यस अलावा नाथ सम्प्रदायका अनुयायी बनेर वा प्रचारक बनेर होस् वा एक महान सन्त बनेर पनि भारतका विभिन्न  भागको भ्रमण  गर्नु भएको थियो । स्वतन्त्रता पछि भारत सरकारले वहाँलाई प्रदान गर्न लागेको भारत रत्नको ताम्र पत्र वहाँले सायद योगीको हैसियत कायम राख्न होला,  स्वीकार गर्नु भएन । त्यसो त वहाले 'इतिहास प्रकाशमा सन्धिपत्र संग्रह' नामक खोजपूर्ण ऐतिहासिक ग्रन्थका निम्ति तत्कालिन राजा महेन्द्रबाट प्रदान गरिन लागेको विद्यावारिधि (डक्टरेट)  को मानार्थ उपाधि पनि ग्रहण गर्नु भएन । आफूलाई सम्मान र प्रशंसाको पात्र बनाउने महत्वाकांक्षा नभएका योगीले  यसरी प्राप्त हुने सम्मान र उपाधिलाइ अस्विकार गर्नु भएका घटना धेरै पाइन्छन । 
कोटीहोम महायज्ञ र योगीजीको योगदान : 
     नेपाली जनताले योगी नरहरीनाथलाइ नेपाली जातिको पहिचान गर्ने गराउने, सयौ कोटीहोम लगाउन सक्ने  महान विद्वान, सन्त, योगी, तपश्विको रुपमा बढी चिन्दछन । हुन पनि योगीजी ले देश बिदेशका १३३ स्थानमा विश्वकल्याँ कोटीहोम महायज्ञ गर्नु  भयो, त्यसमध्ये झापा जिल्लामा २०४२ साल पौष महिना भर लगाइएको   एक महिने विश्वकल्याँ कोतिहवन महा यज्ञ भएको स्थान  नै आजको कनकाई धामको रुपमा विकशित भएको छ । यदपि, भनिन्छ; उहाको अग्रसरतामा लगाइएका यति धेरै कोटीहोम मध्ये १३ औं कोटीहोम लगाइएको   झापा सुरुंगाको कनकाई धाम नै अविछिन्न कोटीहोम धामको रुपमा सबै भन्दा विकशित भएको क्षेत्र हो ।
.......क्रमश :


   

0 comments: