कनकाई धाम ( कोटीहोम ) मा बहु उद्देश्यीय सामुदायिक भवनको निर्माण कार्य प्रारम्भ


 कोटीहोम बहु उद्देश्यीय सामुदायिक भवनको सिलान्यास पूजा गरिदै
    
    पूुर्वाञ्चलको महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र कनकाईधाम, कोटीहोममा वहुउद्देश्यीय सामुदायिक भवनको निर्माण कार्य प्रारम्भ गरिएको छ । झापा जिल्ला लगायत पूर्वाञ्चलका विभिन्न स्थानवाट मात्र नभएर पूर्वाेत्तर भारतका समेत भक्तहरुको धार्मिक आस्थाको केन्द्र वनेको कनकाईधाम, कोटीहोममा २०४२ सालमा योगी नरहरिनाथज्यूको अगुवाईमा एक करोड गायत्री मन्त्रोच्चारणका साथ विश्व कल्याण कोटीहवन माहायज्ञ सम्पन्न गरिए पश्चात धामको रुपमा विकसित हुदै आएको हो ।
     यहाँ वर्षेनी पाँच लाख वढी दर्शनार्थी तथा पर्यटक पूजापाठ, विवाह, व्रतवन्ध,पुराणादी गर्न र घुम्न आउने भएता पनि उनीहरुको लागि उपयुक्त वासस्थान र कार्यक्रम स्थलको अभाव हुने गरेको र विभिन्न वन्धु संघ संस्थाद्वारा यस अघि वनाइएका भवनहरु पनि अपर्याप्त र सामान्य हैसियतका भएकाले कनकाईधाम धार्मिक विकास संस्था, कोटीहोम आफैले सुविधा सम्पन्न वहुउद्देश्यीय भवन निर्माणको पहल शुरु गरेको कुरा त्यस संस्थाका अध्यक्ष श्री कोमल प्रसाद प्रसाईले सिलान्यासको अवसरमा वताउनु भयो । केही वर्ष अघि देखि गुरुयोजना लागु गरी योजनावद्ध विकासका कार्यहरुलाई तिव्रता दिइएको कोटीहोममा गत वर्ष यस ठाउँको मूल मन्दिर करिव ४० लाखको लागतमा पुनः निर्माण सम्पन्न भएको थियो, भने फूलवारी उद्यान वाटिका विकासको पहिलो चरणको कार्य पनि सम्पन्न गरि सकिएको छ, र उक्त वाटिका भित्र आगामी वर्ष पानी फोहोरायुक्त संरचना सहितको योगी नरहरिनाथको स्मारिका वनाउने योजना रहेको कुरा सो संस्थाका सचिव कृष्ण प्रसाद घिमिरले जानकारी गराउनु भयो ।

Popular Posts