कनकाई धाम ( कोटीहोम ) मा बहु उद्देश्यीय सामुदायिक भवनको निर्माण कार्य प्रारम्भ


 कोटीहोम बहु उद्देश्यीय सामुदायिक भवनको सिलान्यास पूजा गरिदै
    
    पूुर्वाञ्चलको महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र कनकाईधाम, कोटीहोममा वहुउद्देश्यीय सामुदायिक भवनको निर्माण कार्य प्रारम्भ गरिएको छ । झापा जिल्ला लगायत पूर्वाञ्चलका विभिन्न स्थानवाट मात्र नभएर पूर्वाेत्तर भारतका समेत भक्तहरुको धार्मिक आस्थाको केन्द्र वनेको कनकाईधाम, कोटीहोममा २०४२ सालमा योगी नरहरिनाथज्यूको अगुवाईमा एक करोड गायत्री मन्त्रोच्चारणका साथ विश्व कल्याण कोटीहवन माहायज्ञ सम्पन्न गरिए पश्चात धामको रुपमा विकसित हुदै आएको हो ।
     यहाँ वर्षेनी पाँच लाख वढी दर्शनार्थी तथा पर्यटक पूजापाठ, विवाह, व्रतवन्ध,पुराणादी गर्न र घुम्न आउने भएता पनि उनीहरुको लागि उपयुक्त वासस्थान र कार्यक्रम स्थलको अभाव हुने गरेको र विभिन्न वन्धु संघ संस्थाद्वारा यस अघि वनाइएका भवनहरु पनि अपर्याप्त र सामान्य हैसियतका भएकाले कनकाईधाम धार्मिक विकास संस्था, कोटीहोम आफैले सुविधा सम्पन्न वहुउद्देश्यीय भवन निर्माणको पहल शुरु गरेको कुरा त्यस संस्थाका अध्यक्ष श्री कोमल प्रसाद प्रसाईले सिलान्यासको अवसरमा वताउनु भयो । केही वर्ष अघि देखि गुरुयोजना लागु गरी योजनावद्ध विकासका कार्यहरुलाई तिव्रता दिइएको कोटीहोममा गत वर्ष यस ठाउँको मूल मन्दिर करिव ४० लाखको लागतमा पुनः निर्माण सम्पन्न भएको थियो, भने फूलवारी उद्यान वाटिका विकासको पहिलो चरणको कार्य पनि सम्पन्न गरि सकिएको छ, र उक्त वाटिका भित्र आगामी वर्ष पानी फोहोरायुक्त संरचना सहितको योगी नरहरिनाथको स्मारिका वनाउने योजना रहेको कुरा सो संस्थाका सचिव कृष्ण प्रसाद घिमिरले जानकारी गराउनु भयो ।

     कोटीहोममा अहिले सम्म वनाइएका भवनहरु मध्ये सवै भन्दा वृहत आकारको मानिएको यो वहुउद्देश्यीय भवनको लम्वाई १५० फीट र चौडाई ५० फीट हुने कुरा जानकारी दिदै सो संस्थाका वरिष्ठ उपाध्यक्ष तथा निर्माण समितिका अध्यक्ष श्री गोविन्द कुमार वस्नेतले सो भवनको पहिलो तल्लामा करिव ४०० मानिस अटाउने सभाहल, भान्सा कोठा, कार्यालय,काउन्टर, शौचालय र केही भाडाका सटरहरु वनाइने, दोस्रो तल्लामा २ वोटा मिनि हल सहित अतिथि कक्ष र तेस्रो तलामा पनि आवासीय कोठाहरु निर्माण गरिने कुरा जानकारी गराउनु भयो ।


     करिव २ करोड लागत अनुमान गरिएको उक्त भवनको लागि यस वर्ष नेपाल सरकारवाट रु ४ लाख मात्र प्राप्त भएकोले त्यस रकममा संस्थाले आफ्नै कोषको केही वचत रकमलाई समावेश गरी कार्यालय तर्फको ६० फीटे संरचनाको एक तला खण्ड केही महिना भित्रमै निर्माण सम्पन्न गर्ने लक्ष राखिएको सो संस्थाका कोषाध्यक्ष लक्ष्मी प्रसाद पाठक वताउनु हुन्छ । स्मरणीय कुरा के पनि छ भने, कोटीहोम क्षेत्रमा वन्धु भवन निर्माणको लागि चासो देखाएर जग्गा माग्न आउने वा पुन निर्माण गर्न चाहाने वन्धु संस्थालाई कोटीहोम संस्थाले यही भवनमा लगानी गर्न आव्हान गर्ने गरेको छ, र यसरी लगानी गरे वापत उक्त भवन आफूले कार्यक्रम गर्दा निशुल्क उपयोग गर्न, आफ्नो संस्थाको स्थाइ कार्यालय कोठा राख्न तथा लगानीकर्ताको नाम समेत राखिने प्रावधान भएकोले भेटवाल वन्धु, सेडाई वन्धु, गड्तौला वन्धु लगायतका संस्थावाट त्यसमा लगानी गर्ने सहमति प्राप्त भएको र उहाँहरुले आगामी हिउँदवाट निर्माणमा सहभागिता जनाउने कुरा वताइएको छ ।
      यती ठूलो निर्माण कार्य जन स्तरवाट सम्पन्न हुने कुरामा जिज्ञासा राख्दा कोटीहोम संस्थाका उपाध्यक्ष द्वय श्री रुद्र प्रसाद चिमारिया र गोपाल प्रसाद भट्टराई भन्नुहुन्छ– विशेष गरी झापावासीहरुले कुनै धार्मिक कार्य गर्दा, मर्दा पर्दा र घुमफीर गर्दा पनि जाइ रहनु पर्ने कनकाईधाम क्षेत्रमा वन्न लागेको यो सुविधा सम्पन्न भवनको लागि याहाँका प्रशासनिक निकायहरु, वन समिति, सवै क्षेत्रका समाजसेवीहरु र  नेपाल सरकारवाट पनि यथासक्य सहयोग प्राप्त हुने आश्वसन प्राप्त भइरहेकोले धेरै ठूलो लगानी कै भए पनि उक्त संरचना निर्माण सम्पन्न हुनेमा हामीहरु विश्वस्त छौ ।
      कोटीहोम वहुउद्देश्यीय सामुदायिक भवन निर्माण सम्पन्न भए पश्चात सामाजिक कार्यक्रहरुवाट प्राप्त हुने दस्तुरको अलावा व्यावसायिक सटरहरु पनि निर्माण हुने भएकोले राम्रै आयमुलक हुने ठानिएको सो भवनको प्राविधिक नक्सा डिजाइन तथा लगत इस्टिमेट इन्जिनियर तीर्थराज श्रेष्ठ र संस्थाका महासचिव तथा प्राविधिक गंगाराम दाहालद्वारा तयार गरिएको छ ।
     

4 comments:

Anonymous said...

After checkіng out a handful of the artiсlеs on уour web pagе, I гeаlly apрreciаte уоur techniquе of blogging.
I aԁԁeԁ it to mу bookmark webѕite liѕt anԁ will
be checking back in the near future. Please checκ out mу wеbsitе too and
let me know what yоu think.

Alѕo viѕіt mу ωeb blog http://www.vapornine.com
My web site -

Anonymous said...

Nice blog here! Also your website loads up very
fast! What host are you using? Can I get your affiliate link to your host?
I wish my web site loaded up as fast as yours lol

My weblog - buy twitter followers without following

Anonymous said...

I am really glad to read this webpage posts which includes plenty of helpful facts,
thanks for providing these information.

Also visit my webpage: squeeze page

Anonymous said...

I don't write many comments, however i did a few searching and wound up here "कनकाई धाम ( कोटीहोम ) मा बहु उद्देश्यीय सामुदायिक भवनको निर्माण कार्य प्रारम्भ". And I actually do have a couple of questions for you if you do not mind. Is it simply me or does it look like some of the remarks look like written by brain dead individuals? :-P And, if you are writing at additional social sites, I'd like to kеep up with everything
fresh you havе to pоѕt. Wοuld yοu
list οf the complete urlѕ of уοur
sοciаl ρages like your lіnkeԁin profіle, Faсebook pаgе or twіtter feed?


Feel frеe to ѵisit my blog post; http://lnx.icsci.it/moodle/user/view.php?id=17728&course=1

Popular Posts