श्रावणको बर्षा संगै रातहरु बगि दिदा,
सम्झानाका छिटाहरू खसेकाछ्न मझेरिमा |
प्रतीक्षाका घडिहरू आज भोली गर्दा गर्दै,
निरासताको जिन्दगानी बगेकोछ परेलिमा
कति धेरै सपनाहरु बोकी बोकी हिन्दा खेरी,
जिन्दगीको बाटो आज लुकेकोछ अधेरिमा |
अधेरीकै छितिज भित्र जिन्दगीलाइ खोजि हिड्दा,
हावा जस्तै बोली पनि उडेकोछ शुसेलिमा |
* गगन