Showing posts with label बिकाश / निर्माण. Show all posts
Showing posts with label बिकाश / निर्माण. Show all posts

कनकाई धाम ( कोटीहोम ) मा बहु उद्देश्यीय सामुदायिक भवनको निर्माण कार्य प्रारम्भ


 कोटीहोम बहु उद्देश्यीय सामुदायिक भवनको सिलान्यास पूजा गरिदै
    
    पूुर्वाञ्चलको महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र कनकाईधाम, कोटीहोममा वहुउद्देश्यीय सामुदायिक भवनको निर्माण कार्य प्रारम्भ गरिएको छ । झापा जिल्ला लगायत पूर्वाञ्चलका विभिन्न स्थानवाट मात्र नभएर पूर्वाेत्तर भारतका समेत भक्तहरुको धार्मिक आस्थाको केन्द्र वनेको कनकाईधाम, कोटीहोममा २०४२ सालमा योगी नरहरिनाथज्यूको अगुवाईमा एक करोड गायत्री मन्त्रोच्चारणका साथ विश्व कल्याण कोटीहवन माहायज्ञ सम्पन्न गरिए पश्चात धामको रुपमा विकसित हुदै आएको हो ।
     यहाँ वर्षेनी पाँच लाख वढी दर्शनार्थी तथा पर्यटक पूजापाठ, विवाह, व्रतवन्ध,पुराणादी गर्न र घुम्न आउने भएता पनि उनीहरुको लागि उपयुक्त वासस्थान र कार्यक्रम स्थलको अभाव हुने गरेको र विभिन्न वन्धु संघ संस्थाद्वारा यस अघि वनाइएका भवनहरु पनि अपर्याप्त र सामान्य हैसियतका भएकाले कनकाईधाम धार्मिक विकास संस्था, कोटीहोम आफैले सुविधा सम्पन्न वहुउद्देश्यीय भवन निर्माणको पहल शुरु गरेको कुरा त्यस संस्थाका अध्यक्ष श्री कोमल प्रसाद प्रसाईले सिलान्यासको अवसरमा वताउनु भयो । केही वर्ष अघि देखि गुरुयोजना लागु गरी योजनावद्ध विकासका कार्यहरुलाई तिव्रता दिइएको कोटीहोममा गत वर्ष यस ठाउँको मूल मन्दिर करिव ४० लाखको लागतमा पुनः निर्माण सम्पन्न भएको थियो, भने फूलवारी उद्यान वाटिका विकासको पहिलो चरणको कार्य पनि सम्पन्न गरि सकिएको छ, र उक्त वाटिका भित्र आगामी वर्ष पानी फोहोरायुक्त संरचना सहितको योगी नरहरिनाथको स्मारिका वनाउने योजना रहेको कुरा सो संस्थाका सचिव कृष्ण प्रसाद घिमिरले जानकारी गराउनु भयो ।

कनकाई माइ मा ५० करोडको लागत मा कनकाई आर्यघाट बन्ने !!!




           झापा जिल्लाको सुरुंगा गाबिस अन्तर्गत कनकाई माइको पूर्वीय तट कनकाई धाम कोटीहोमको समिपमा करिब ५० करोड को लागतमा कनकाई आर्य घाट बन्ने भएको छ ! कनकाई आर्यघाट निर्माण समितीको यही कार्तिक ३० गते सोमबार कोटीहोममा सम्पन्न प्रथम साधारण सभामा सो सम्बन्धि नीति कार्यक्रम, तथा गुरु योजना सार्बजनिक गरियो ! झापाका सभासद श्री केशव कुमार बुढाथोकीले ब्यानर अनावरण  गर्नु भएको उक्त सभाको पाँच कन्या  द्वारा पानसमा दिप बाली उद्घाटन गरिएको थियो भने सभापतित्व सस्थाका अध्यक्ष श्री प्रभाकर कणरिया ले गर्नु भएको थियो !
         यस भन्दा करिव ५ महिना अघि नै  निर्माण व्यवसायी संघ झापा, मेची पेट्रोलियम डिलर्स एसोसियसन, उधोग बाणिज्य संघ सुरुंगा का पदाधिकारीहरुको सक्रियता र कनकाई धाम धार्मिक बिकास सस्था कोटीहोम तथा गाबिस सुरुंगा को सहयोगमा कन्काई नदी किनारा मा असंख्य मृतकहरुको दाह सस्कार गर्ने परम्परा रहे पनि आर्यघाट नभएको कारण समस्या भै रहेकोले आधुनिक आर्यघाट निर्माण गर्न तदर्थ समिति गठन गरी बिधान  र गुरु योजना निर्माण कार्य अघि बदाइएको थियो !
          सोहि बमोजिम निर्मित गुरु योजना अनुसार करिब ३५ करोड मा कनकाई माइ पुल देखि उत्तर ३ कि मि तटबन्ध निर्माण गर्ने, ५ करोडको  लागत मा मूल भवन बनाउने,  ५ करोडको लागत मा ७ वोटा पक्कि चिता र विधुतीय दाह सस्कार ग्रीह बनाउने र बाकि ५ करोड को लागतमा आवस्यक पूर्वाधार हरु : जस्तै दुइवोटा प्रवेश मार्गहरु, ८ इन्ची मोटर बोरिंग,मलामी खाजा घर, क्रियाकर्म घर,प्रतिक्षालय,रात्री बत्ति,खाने पानी,फुलबारी पार्क आदि निर्माण गरिनेछ !
        झापा का उधोगपति, निर्माण ब्यबसायी,ब्यापारी र राजनेतिक उच्च  नेतृत्वहरुको एइक्यबद्दता पूर्ण  उपस्थिति रहेको उक्त सभामा बिशेष अथिति सभासद केशब कुमार बुडाथोकी, ए माओबादी जिल्ला सह इन्चार्ज सी पी कडरिया, ने का जिल्ला अध्यक्ष उद्दब थापा, एमाले जिल्ला अध्यक्ष रबिन कोइराला, उधोग बाणिज्य संघ झापा अधक्ष राजेन्द्र घिमिरे पेट्रोलियम डिलर  झापा  अध्यक्ष लय भण्डारी, निर्माण व्यवसायी झापा अध्यक्ष गणेश बस्नेत कोटीहोम अध्यक्ष कोमल प्रसाई, गाबिस सचिव तुलशी भण्डारी, नागरिक समाज अध्यक्ष आशा शर्मा सिवाकोटी लगायत दर्जनौ झापाका प्रतिष्ठित व्यक्तिहरुले आवस्यक सहयोग गर्ने बचन दिदै मन्तब्य राख्नु भएको थियो !
            सस्थाको नीति अनुसार प्रथम चरण मा झापा भित्र बाट १००८ जना  उक्त सस्थाको सस्थापक सदस्य बनाउने र त्यस बापत रु ५ हजारको दरले  उठाई तुरुन्त काम सुरु गर्दै बाकि रकम नेपाल सरकार, जिविस, बिदेशी सहयोग र आवस्यक चन्दा संकलन गरी पुरा गरिने छ !
           यो साधारण सभाबाट यस अघि गठन भएको तदर्थ समितिलाइ बैधानिकता दिदै १७ सदश्यीय मूल कार्य कारिणी समिति गठन समेत गरिएको छ : जस अनुसार अध्यक्ष : प्रभाकर कडरिया , उपाध्यक्षहरु :एकराज उप्रेती र दिपेन्द्र पोखरेल , सचिव: मदन गोपाल सुब्बा , सह सचिव युवराज संग्रौला, कोषाध्यक्ष : राम प्रसाद बाराकोटी, सह कोषाध्यक्ष केदार गिरि हुनुहुन्छ भने सदस्य हरुमा बेद प्रकाश अग्रवाल,लोकबन्धु कन्दंवा, दिपेन्द्र ढकाल, सागर बाबु उप्रेती, कोमल प्रसाद खरेल, बृख बहादुर कार्की ,लक्षिमा कोइराला, आशा शर्मा शिवाकोटी, गंगा राम दाहाल,र सुर्य उप्रेती रहेको समिति तिलचन्द्र उप्रेती संयोजक रहेको निर्वाचन आयोग मार्फत ४ वर्षको लागि सर्वसम्मत चयन भएको थियो !
                                                                                   * प्रस्तुति / फोटो   : गगन दाहाल

Popular Posts