महान आध्यात्मिक व्यक्तित्व राष्ट्र गुरु : योगी नरहरी नाथ
योगी नरहरिनाथ |
प्रारम्भ:
पूर्वीय
आध्यात्म दर्शनमा धेरै बिशिष्ट व्यक्तिहरुको अभ्युदय भएको छ । भारत
बर्षको प्राचिन धार्मिक सस्कृतिको बृहद बिकाश र बिस्तारमा यस्ता महान
व्यक्तित्वको योगदानले प्रमुख भूमिका खेलेको पाइन्छ । अध्यात्मिक आकाशमा
उदाएका यस्तै महान ताराहरु मध्ये एक हुनुहुन्थ्यो नेपालका
राष्ट्रगुरु योगी नरहरिनाथ । योगीजीलाई बिद्वानहरुले
ब्रह्मबेत्ता,पुरातत्वबिद, राजनीतिज्ञ, आध्यत्मबादी, जीवन्त इतिहासकार,
जीवन्त चाणक्य, र महान तपस्वी, योगी आदि अनेकन शब्द अलङ्कारले विभूषित
गरेका छन् । यतिमात्र होइन वहालाई धर्म र सस्कृतिका जयस्तम्भ, लोक
सस्कृतिका धुरन्धर, बहुमुखी प्रतिभाका खानी, आयुर्वेदीय जरिबुटिका बिशिष्ट
ज्ञाता, राजी र राहुटेहरुको थात-थलो, वंशानुक्रमका पारखी, जुम्ला,
सिजा राजधानीका दर्रा-दर्राका कथाहरु भन्न सक्ने, सम्पूर्ण थर, गोत्रका
वंशावली पर्गेल्ने विद्वान व्यक्तित्वका रुपमा परिचित गराउने गरिन्छ ।
वाल्यकाल र शिक्षा :
नेपालको बिकट मानिएको कर्णाली अंचलको जुम्ला जिल्ला अन्तर्गत कालिकोटको
लालु गाउँमा वि. सं. १९७१ साल फाल्गुन १७ गते मत गौरी र पिता ललितका माइला
छोराका रुपमा उहाँको जन्म भएको कुरा तथ्य हरुबाट थाहा हुन्छ। उहाको
प्रारम्भिक शिक्षा दिक्षा माता पिताबाट वि. सं. १९७६ वैशाखी पुर्णिमाको
दिन जुम्ला जिल्लाको छिनाशिम स्थित श्री भैरवनाथ, श्री चन्दननाथ मन्दिर
परिशरको चन्दननाथ भाषा पाठशालामा योगी छिप्रानाथजीका सानिध्यमा अध्ययन
कार्यको शुभारम्भ भएको थियो । त्यसपछि मात्र उहाँले गोरखा, काठमाडौँ,
काँशी, हरिद्वार कुरुक्षेत्र, पंजाव, रावलपिण्डीका विद्यालय, महाविद्यालय,
तथा विश्व विद्यालयका गुरुकुलहरुमा अध्ययन गरेर औपचारिक रुपमा शास्त्री र
विद्यालंगकार (स्नातकोत्तर) तह सम्मको शिक्षा ग्रहण गर्नु भएको कुरा
उहाका गुरु छिप्रानाथ योगीले मृगस्थली स्थित सिद्धांचल गोरखनाथ मन्दिरमा
बताउनु हुदा पत्ता लागेको हो ।
भारत बसाई सहयोग र सम्मान :
योगी नरहरिनाथ ले जीवनको केहि समय भारत लगाएत विश्वका विभिन्न राष्ट्रमा
विभिन्न गतिविधिमा खर्चनु भएको छ । उहाले बिशेषता भारतमा अध्ययन,
अनुसन्धान, र योगीको रुपमा मात्र होइन भारतीय स्वतन्त्रता संग्रामका बेला
भारतीय विश्वविद्यालयको बिद्यार्थी अवस्थामा महात्मा गान्धीको आह्वानमा
चलेको सत्याग्रह आन्दोलनमा भाग लिएर हिड्दा रावलपिन्डी, लाहोर, मुल्तान,
सिन्ध, पन्न्जाव (हाल पाकिस्तान), दिल्ली, कोलकाताका कारागारमा पनि कठोर
वन्दी जीवन बिताउनु भएको थियो । यस अलावा नाथ सम्प्रदायका अनुयायी बनेर वा
प्रचारक बनेर होस् वा एक महान सन्त बनेर पनि भारतका विभिन्न भागको भ्रमण
गर्नु भएको थियो । स्वतन्त्रता पछि भारत सरकारले वहाँलाई प्रदान गर्न
लागेको भारत रत्नको ताम्र पत्र वहाँले सायद योगीको हैसियत कायम राख्न
होला, स्वीकार गर्नु भएन । त्यसो त वहाले 'इतिहास प्रकाशमा सन्धिपत्र
संग्रह' नामक खोजपूर्ण ऐतिहासिक ग्रन्थका निम्ति तत्कालिन राजा महेन्द्रबाट
प्रदान गरिन लागेको विद्यावारिधि (डक्टरेट) को मानार्थ उपाधि पनि ग्रहण
गर्नु भएन । आफूलाई सम्मान र प्रशंसाको पात्र बनाउने महत्वाकांक्षा नभएका
योगीले यसरी प्राप्त हुने सम्मान र उपाधिलाइ अस्विकार गर्नु भएका घटना
धेरै पाइन्छन ।
कोटीहोम महायज्ञ र योगीजीको योगदान :
नेपाली जनताले योगी नरहरीनाथलाइ नेपाली जातिको पहिचान गर्ने गराउने, सयौ
कोटीहोम लगाउन सक्ने महान विद्वान, सन्त, योगी, तपश्विको रुपमा बढी
चिन्दछन । हुन पनि योगीजी ले देश बिदेशका १३३ स्थानमा विश्वकल्याँ कोटीहोम
महायज्ञ गर्नु भयो, त्यसमध्ये झापा जिल्लामा २०४२ साल पौष महिना भर
लगाइएको एक महिने विश्वकल्याँ कोतिहवन महा यज्ञ भएको स्थान नै आजको
कनकाई धामको रुपमा विकशित भएको छ । यदपि, भनिन्छ; उहाको अग्रसरतामा लगाइएका
यति धेरै कोटीहोम मध्ये १३ औं कोटीहोम लगाइएको झापा सुरुंगाको कनकाई धाम
नै अविछिन्न कोटीहोम धामको रुपमा सबै भन्दा विकशित भएको क्षेत्र हो ।
.......क्रमश :
Gods of Hindu Religion
Article:
Hindu religion is one of the oldest religions in the world. One can find many Gods and Goddesses in Hinduism. Apauruseya - one which is not originated because of individuals is what Hinduism is referred to as. Hindu gods are also called in this name. Hindu religion has several deities but all deities are different forms of the ultimate power. The supreme power is referred to as Brahman.
The Concept of God in Scriptures
The qualities of God have been described clearly in religious texts of Hinduism. He should be aware of anything occurring in the universe and he is the ultimate power. He is the image of beauty, love and justice. He has created this universe, , which makes him the sole owner who should be blessing the world. According to Rigveda eleven Rudras, twelve Adityas, eight Vasus, Indra and Prajapathi are rulers of all living and non-living beings on Earth, the Space and the Heaven. The holy Scripture also mentions that irrespective of the number of gods in Hindu religion, the absolute power is one.
Hindu religion explains 2 philosophies called Ishta Devaa and Adhikaara, as per which worshippers can choose any deity who can satisfy their spiritual needs. To get the answers to the spiritual questions one has, he can believe in any god.
Main Deities
As there are several Gods in Hindu religion, classifying them is not possible. But Hindus believe that Vishnu, Brahma and Shiva are extremely revered because they preserve, create and destroy the universe. Female deities who are different forms of Shakti also has an important place in Hinduism in addition to Gods. Lakshmi, Saraswati and Parvati are 3 important goddesses of Hindu religion. Durga and Kali are also considered to be avtars of Shakti.
All these Gods and Goddesses have different forms and they are also being worshipped by people. Krishna, Rama, Ganesha and Hanuman are some of the favorites of many Hindus across the world. Devi is the other name for Goddess and Deva is the other name for God.
Important Incarnations
In Hinduism, significance is given to the 10 avtars of Lord Vishnu. Hindus believe that Lord Vishnu, to protect the world from evil spirits, takes birth in various forms in each Yuga. There are 10 avtars of Lord Vishnu. Vamana, Krishna, Parashurama, Matsya, Koorma, Varaha, Narasimha, Rama, Balarama and Khalki are his ten avtars. As per the beliefs of Hinduism, the present Yuga is Kaliyuga and Vishnu re-incarnates as Khalki, the 10th incarnation.
Devotees also consider air, water, sun, earth and fire as Gods. These are known as the five elements. Hindu believers revere fauna and flora, considering them as gifts of God.
About the Author
To know more information about Hindu texts like <a href="http://www.prabhubhakti.com/wiki/bhagvad-gita">Bhagvad Gita</a>, and Gods like <a href="http://www.prabhubhakti.com/wiki/brahma">Brahma</a>, visit Prabhubhakti.
Source: <a href="http://www.articletrader.com/">ArticleTrader.com</a>
********************************************************
हिन्दु धर्ममा बलिप्रथा : एक विवेचना
आचार्य कुशलकुमार निरौला
पशुबलि एउटा आस्थासंग जोडिएको विषय हो । जहाँ आस्था हुन्छ, त्यहाँ कुनै नियम, कानुन र प्रमाणहरु चल्दैनन् । यो पशुबलि पनि आस्थासंग जोडिएको एउटा प्रथा हो । हामी देवताको पूजा-अर्चना गर्छौ, त्यो पनि आस्थाको नै पर्याय हो । सात्विक, राजसी र तामसी गरेर तीन प्रकारका गुणहरु हुन्छन् । गीताका अनुसार "भूतानि यान्ति भूतेज्या यान्ति मद्याजिनोऽपि माम्'' । भूत, प्रेत आदिको पूजा गर्ने व्यक्ति अन्त्यमा भूत, प्रेत आदिकै योनीमा जाने र सात्विक भावनाले पूजा गर्ने व्यक्ति देवतालाई प्राप्त गर्ने गर्दछन् । भावनाको नै सम्बन्ध भएता पनि हिंसा गर्नु र बलि चढाउनु तामसी पूजा अन्तर्गत पर्दछन् ।
‘अहिंसा परमो धर्म ’ भन्ने मूल मन्त्रको आडमा हिन्दु धर्म अडिएको छ । यहाँ हिंसा गर्नुलाई धर्मको संज्ञा दिइँदैन । यस भू-मण्डलमा सात द्विप भएको पुष्टि हाम्रा वेद शास्त्रहरुले गरेका छन् : "सप्त द्विप वति पृथ्वी सा द्वी विधा: नित्या अनित्या च '' । तिनका नाम हुन् जम्बूद्विप, प्लक्षद्विप, शाल्मलिद्विप, कुशद्विप, क्रौन्चद्विप, शाकद्विप ,पुष्करद्विप । त्यसमा पनि भारतवर्षमा {नेपाल, भारत} देवताहरुले अवतार लिने र लीला गर्ने जस्ता कार्यहरु हुने गर्छन् । हिन्दमहासागरबाट आविर्भूत भएको र यहाकाँ मानिसहरु हिन्द भाषी भएको हुदाँ यहाका धर्मावलम्बीहरु हिन्दु कहलाउन थाले । उनीहरुको आफ्नै प्रकारको विशेष सनातन धर्म छ, उनीहरु धर्मभीरु हुन्छन्, धर्मप्रति आस्था र विश्वास गर्ने गर्छन् : “ धर्मस्य तत्वं निहितं गुहाया माहाजनो येन: गता: सा: पन्था:’’।
धर्म भन्ने वित्तिकै धारण गर्नु, सेवा गर्नु, भलाई गर्नु भन्ने बुझिन्छ । धर्मले हत्या हिंसाको पक्ष लिदैन भन्ने बुझ्नुपर्छ । धर्म शब्द कुनै हिंसाको द्योतक हैन । मन, वचन र कर्मले कसैको हिंसा-हत्या नगर्नु, प्राणिमात्रमा सद्भाव राख्नु, अर्काको कुभलो नचिताउनु नै धार्मिक प्रवृत्तिका लक्षणहरु हुन् ।
हिन्दु धर्ममा मुख्य गरेर तीन प्रकारका सुकृत कर्महरु हुन्छन् :
(१) नित्य (२) नैमित्तिक (३) काम्य ।
(१) नित्य - शौच, सन्ध्या, तर्पण आदि नित्य कर्म अन्तर्गत पर्दछन् । नित्य कर्म गर्नाले शरीर एवं मन शुद्ध हुने तथा देवपूजन, हवन, यज्ञ आदि गर्नलाई अधिकार प्राप्त हुन्छ भने नगर्नाले प्रत्यवाय नामको दोष लाग्छ ।
(२) नैमित्तिक - ग्रहण आदिको विशेष अवसरमा हवन, यज्ञ, देवपूजन आदि गर्नु नैमित्तिक कर्म अन्तर्गत पर्दछन् । नैमित्तिक कर्म गर्दा अपार लाभ हुन्छ नगर्दा प्रत्यवाय नामको दोष लाग्छ ।
(३) काम्य - कुनै कामनापूर्तिका निमित्त गरिने कर्म काम्य कर्म अन्तर्गत पर्दछन् । जसलाई गर्नाले कामनाको पूर्ति हुन्छ भने नगर्नाले कुनै पनि दोष लाग्दैन ।
गृहस्थाश्रममा रहने क्रममा मनुष्य जानेर या अन्जानमा नै हिंसा गरिरहन्छ । दाउरा बाल्दा, घर सफाई गर्दा, लुगा धुँदा, ढिकी-जातो गर्दा आदि कार्य जीवको हिंसा नभई हुन सक्दैन । त्यसको प्रायश्चित गर्नलाई पञ्चमहायज्ञ गर्ने आदेश शाश्त्रहरुले दिएकाछन् । ती पञ्चमहायज्ञ हुन् :
(१) ब्रह्म यज्ञ :- वेद, पुराण, इतिहास, धर्मशास्त्र, रामायण, महाभारत आदिको पठन-पाठन गर्नु ।
(२) पितृ यज्ञ :- जीवित माता-पिता आदिको मान-सम्मान, सेवा र मरेपछि तर्पण, श्राद्ध आदि गर्नु ।
(३) देव यज्ञ :- समय समयमा हवन, देव-पूजन, तीर्थ यात्रा आदि गर्नु ।
(४) भूत यज्ञ :- भोजन गर्नु भन्दा पहिले वैश्वदेव, भूत, गाई, कुकुर, काग आदिलाई बलि दिनु ।
(५) नृयज्ञ :- घरमा अतिथि, अभ्यागत आदिको आगमन भएमा स्वागत-सत्कार गर्नु ।
यसरी पाँच प्रकारका यज्ञको विवेचन हाम्रा धर्मशास्त्रमा भएको छ भने पाँच प्रकारका बलिको पनि व्यवस्था गरिएको छ । यी पन्चबलि निम्न प्रकार छन् :-
(१) गोबलि :- गाईका निमित्त गोग्रासका रुपमा पकाइएको भोजन पातमा गाईलाई दिने ।
(२) श्वानबलि :- कुकुरलाई खाना दिने ।
(३) काकबलि :- पृथ्वीमा कागलाई बलि दिने ।
(४) देवादिबलि :- पातमा देवतालाई बलि दिने ।
(५) पिपीलिकादिबलि:- कीरा-फट्यांग्रा, कमिला आदिलाई पातमा बलि दिने ।
यसप्रकारले नित्य पञ्चमहाबलि दिनुपर्ने विधान शास्त्रमा वर्णित छ । जसरी सन्ध्या आदि नित्यकर्म नगर्दा प्रत्यवाय नामको दोष लाग्छ त्यसैगरी पञ्चबलि नगर्दा पनि दोष लाग्छ भन्ने शास्त्रको निर्णय छ । यहाँ बलि शब्द कुनै हत्या हिंसा, मार-काट गरेर रगत चढाउनु भन्ने अर्थमा प्रयोग भएको हैन । भोजनका लागि जुन हविष्यान्न घरमा पकाइन्छ त्यसैले बलि दिनुपर्दछ (अभावमा साग-पात, फल-फूल, गहुँ, चामल, तिल, मूंग, जौं आदिलाई पात ओछ्याएर पातमा बलि दिने विधान छ) ।
प्रश्न उठ्छ - के शास्त्रमा पशुबलिको विधान छ त ?
समयको काल–चक्रानुसार मानवको घनत्व बढ्दै जानु स्वाभाविक हो । बासस्थान खोज्ने र नयाँ ठाउमा जाने क्रमसंगै हिमाली, पहाडी भेगमा गएर मानिसहरु बसोबास गर्न थाले । अन्नको अभाव, अत्यधिक जाडो हुने हुँदा शरीरलाई तताउन जाँगर बढाउन पशु–पंक्षीलाई मारेर खान थाले । तान्त्रिक युग संग-संगै तन्त्र-साधना गर्ने धामी, झाँक्रीहरुले पनि पशु-पंक्षीको बलि दिनुलाई पनि धर्म मान्न थाले । आखिर मासु खानु नै छ त देवताको पूजा गरेर नै किन न खाने ? भन्ने धारणा मानसमा बढ्यो, फलत: पशुबलि पूजाको एउटा अभिन्न अङ्गका रुपमा विकसित भयो ।
हिन्दुधर्मानुसार देवतालाई रिझाउने तीन पद्दति प्रचलित छन् – (१) यान्त्रिक (२)तान्त्रिक (३) याज्ञिक । बलि दिनु तान्त्रिक पद्दति अन्तर्गत पर्दछ, तर तान्त्रिक पद्दतिको पूजा गर्ने अधिकार ब्राम्हण, क्षत्रियलाई हुँदैन । त्यसैले दुर्गा शप्तसतिको विकृतिकम् रहस्यम्को २८ श्लोकमा “रुधिराक्तेंन बलिना मांसेन सुरया नृप । बलिमांसादिपूजेयं विप्रवर्ज्या मयेरिता ।।“ आदि शब्दको प्रयोग भएको छ । जो तामसिक जनहरु मासुको प्रयोग गर्ने गर्छन् उनीहरुलाई मात्र तामसिक पूजा गर्ने अधिकार छ । हिन्दु धर्मका कुनै पनि धर्म ग्रन्थहरुले पशुको बलि दिने, मासु खाने जस्ता हिंसाका कुरालाई पुष्टि गरेको छैन । “अहिंसा परमो धर्म:” भनेर अहिंसालाई नै ठूलो धर्म मान्ने हाम्रो धर्मले वेद आदि शास्त्रमा बलि दिनु भनेको छ र हिंसा गर्ने अनुमति दिन्छ भनेर भन्नु या गलत तर्क गर्न खोज्नु अल्पज्ञताको नै परिचय हो ।
प्राचीन कालमा बलि:- प्राचिन कालमा अश्वमेध यज्ञ हुने गर्थे, जसमा अश्वको मेध हुने गर्थ्यो । यँहा अश्व भनेको घोडा नभएर अभिमान हो र मेध = बध अर्थात् अभिमान रुपी घोडाको बध गरिन्थ्यो । अभिमानको प्रतिक घोडालाई यज्ञमा ल्याईन्थ्यो र त्यसलाई स्पर्श गरेर छोड्ने गरिन्थ्यो । कैयौ स्थानमा अश्वमेध यज्ञलाई घोडाको बलि दिने भनेर गलत अर्थले परिभाषित गरेको पाईन्छ, तर त्यो अर्थको अनर्थ मात्रै हो । त्यस्तै कैयौं मानिसहरु जिज्ञासा गर्छन् : यज्ञ गरेर सुरा, मदिरा पान गर्नु, पशुको बलि दिनु, यो हिंसा हैन भनेर शास्त्रमा भनिएको छ आदि । तर स्मरण रहोस् पहिले नै भनिसकिएको छ कि हिन्दु धर्मले अहिंसा नै ठूलो धर्म हो भनेर मानेको छ । त्यसैले कुनै श्लोक, कुनै पदको पनि हिंसापरक अर्थ लाग्दैन । जस्तै भनिएको छ -
“यद् घ्राणभक्षो विहित:सुरायास्तथा पशोरालाभनं न हिंसा ।
एवं व्यवाया प्रजया न रत्या इमं विशुद्धम् न विदु: स्वधर्मम् ।।“
( श्रीमद्भागवत ११ -५-१३ )
अर्थात् जो यज्ञ सम्बन्धित नियम छन्, त्यसअनुसार यज्ञ गरिएपछि सुरालाई संसावन प्रासनका रुपमा सुघिन्छ, त्यसपछाडि अभिमानरुपी पशुलाई आलम्भन (स्पर्श, स्मरण) गरेर सदासर्वदाका लागि टाढा भगाइन्छ, न कि पशुको हिंसा नै गर्नु भनेको हो । तर अज्ञानतावश शास्त्रमा मदिरा खाने र पशुको बलि दिने दुवै कुरा लेखिएको छ भनेर कु-तर्क प्रस्तुत गर्ने गरिन्छ ।
कतै-कतै टीकाकारहरुले आलभेत, आलम्भनको अर्थ मार्नु, हिंसा गर्नु भन्ने लगाएको पाईन्छ, तर यदि आलभेत, आलम्भनको अर्थ मार्नु, हिंसा गर्नु हुने हो भने विवाह पद्दतिमा “तत: बर:कन्या हृदयं आलभेत” लेखिएको अर्थ के होला ? त्यसैले संस्कृतका एउटा शब्दको अनेक ठाउँमा अलग-अलग अर्थ लाग्छ भन्ने कुरालाई कहिल्यै बिर्सनु हुँदैन । भनिएको पनि छ : “अर्धमात्रा लाघवेन पुत्रोत्सवं मन्यन्ते वैयाकरणा” अर्थात् व्याकरणकारहरुले आधा मात्रा मात्रै पनि पाए भने पनि पुत्रोत्सव मनाउछन् रे ।
त्यति मात्र नभएर रामायण, महाभारत आदि ग्रन्थको कयौं ठाउँमा मांस शब्दको प्रयोग भएको छ । जस्तै- वाल्मीकि रामायण अयोध्या कांड ५३|२, १६| १ आदि ठाउँमा फलको भित्रि गुदीलाई पनि मांस भनिएको छ । त्यसैले भगवान् श्री रामले सीताका निमित्त “यो मांस पाकेको र उपर्युक्त छ, तिमी यसलाई खाऊ” भन्नुभएको हो ।
नेपालको सन्धर्भमा बलि :- नेपाल तीन भाग पहाडी र एक भाग मात्रै तराई भएको देश हो । देशमा धेरै पहाडी भेग भएको हुँदा यहाँका बासिन्दाले मासु खानु साधारण कुरा नै हो । भनिएको छ : “दक्षिणे मातुली कन्या उत्तरे मांस भोजनी” अर्थात् दक्षिण प्रान्तमा मामाकी छोरीसंग पनि विवाह हुन्छ भने उत्तरी भेगमा बस्ने मानिसहरुले मासु खान्छन् । नेपाल मात्रै नभएर भारतको उत्तरी भेग (गढवाल, कुमाउ, हिमाञ्चल, जम्मु, काश्मिर, आसाम) मा बस्ने मानिसहरु पनि प्राय: मासु खाने गर्छन् । आसामको कामाख्या मन्दिरमा त दैनिक हजारौं बोका, राँगा आदिको बलि दिने गरिन्छ । अनादिकालदेखि नै हाम्रो देश नेपालमा पनि तान्त्रिक पद्दतिले प्रश्रय पाएको छ । बाहुन, क्षेत्रीदेखि लिएर राई, लिम्बू, मगर, नेवार तथा अन्य किरात, मंगोलिन सबैले प्राय: मासु खाने र देवी-देवतालाई पनि रगत-मासु चढाउन थाले । दशैँ आदि चाडको बेलामा त झन् हजारौ बोका, पाठा, हाँस, कुखुरा, राँगा आदिको बलि दिन थालियो । बाबु-बाजेले यही नियम बसाए, छोरा-नातिले पनि यही सिके, फलत: दशैंको बेलामा प्रत्येक घरमा बलि दिनु नै पर्छ भन्ने सबैमा भान पर्न गयो र अहिले यो एउटा अभिन्न अंगको रुपमा विकसित भयो । बलि दिनु राम्रो होईन, यो प्रथा गलत हो, बलिप्रथा बन्द हुनुपर्छ भनेर अहिले आवाज उठ्न थालेको छ । यसलाई सकारात्मक सोचको विकास भएको मान्नु पर्छ । नयाँ सोच ,नयाँ विचार , नयाँ भावनाको विकाश हुदै जानु समयको माग,परिवर्तन एवं विकाश क्रमको नियम पनि हो र शास्त्र सम्मत निर्णय पनि यहि नै हो । खुनको बलि ले हैन नरिवल ,कुभिन्डो,आदिको बलि दिएर यज्ञलाई पूर्ण गर्न सकिन्छ, देवतालाई प्रसन्न गर्न सकिन्छ । देवताहरु सात्विक हुने हुँदा कसैको खुनको भोका अवश्यमेव देवताहरु हुँदैनन् । झन् दशैँको बेलामा लाखौ पशुहरुको बलि दिने गरिन्छ यो प्रथालाई पनि अब सुधार गर्दै जानु पर्छ पशुको ठाउमा नरिवल ,कुभिन्डो,आदिको बलिदिने चलन बसाल्नु पर्छ शास्त्रमा पनि नारिकेल एवं कुश्मांड बलिको नै बिधान छ । अस्तु ......।