नेपालको एउटा नया गंतव्य : कनकाईधाम कोटिहोम

      
    कनकाईधाम कोटिहोम पुर्वान्चलको एउटा महत्वपूर्ण धार्मिक पर्यटन क्षेत्र हो | यो धाम नेपालको झापा जिल्लाको सुरुंगा गाबिस अंतर्गत कनकाई माई नदीको पूर्वीय  तटमा पर्दछ | बिगत  २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाईमा  यहाँ एउटा  बृहत् धार्मिक अनुष्ठान कोटिहोम माहायज्ञ   गरिएको  थीयो, त्यासपश्चात यस स्थानलाई कोटिहोम भनिन  थालियों र पछि सस्थागत हुदै गएपछि कनाकाईधामको रुपमा बीकशीत भयो | यस धार्मिक पर्यटन छेत्रको  बिकाश कोशको  लागि कनाकईधाम धार्मिक बिकाश सस्था कोटिहोम  सुरूंगा नामक निकायाले याहाकों सर्बांगिन बिकासको लागि कार्य गरिरहेको भए पनि यहाँ अरु २ दर्जन जति साना ठूला संघ सस्थाहरूले आ आफ्ना गतिबिधि गरिरहेको पाईन्छ | कोटीहोममा  २०४२ सालमा माहायज्ञ   गरिएको ठाउमा रहेको अग्नी आज पर्यन्त अबिछिन्न प्रज्वलित छ र सोही स्थानमा रहेको याहाकों शिवापान्चायन मंदिर हाल पक्की रुपमा निर्माण भै सकेको  छ | यस बाहेक यहाँ दर्जनौ पाटी, पौवा,धर्मशाला र मंदिरहरु  अबस्थित छन  | यस धार्मिक परिसरमा हाल निर्माणाधीन उद्यान बाटिकाले याहा आउने जो सुकैले बास्तबिक शान्ति र मनोरंजन  प्राप्त गर्दछ्न |
      कोटिहोममा बार्षिक  पाच लाख धार्मिक दर्शनार्थी  तथा पर्यटक आउने गरेको सस्थाको रिकर्डबाट देखिन्छ | बिशेष गरी  यहाँ आउने मानिसहरु पूजा आजा, बिबाह, ब्रतबंध,पुराण आदि धार्मिक कार्य गर्न साथै दैनिक ब्याबहरिक जीवनको अस्त ब्यस्तता शहरी कोलाहलपूर्ण बाताबरनबाट  मुक्ति पाउन  घुम्नको लागी याहाँ आउने चलन छ |  यस बाहेक यो स्थान     नेपालमा  सबै  भन्दा  बड़ी  थर  गोत्रीय सस्थाहरू एकीकृत भएको धाम पनि यो मात्र हो | साथी योगी नरहरिनाथले   नेपालमा लगाएका १०० भन्दा बड़ी कोटिहोम मध्ये यो तेर्हौ कोटिहोम हो र महायज्ञ पश्चात् सबै भन्दा बड़ी बिकसित भएको  क्षेत्र  पनि संभवत: यो नै हो | याहाको कनकाई  नदी किनारको खुल्ला र शान्त तटीय क्षेत्र , हरियालिपूर्ण जंगल, नजिकै  देखिने चूरे पहाडको  मनोरम दृश्य,कनकाई  नदीको स्नान योग्य स्वच्छ चिसो पानी र सर्व  सुलव सुगम क्षेत्र   भएको कारण सबैको  मन जित्न सफल हुदै गए पनि सस्थाको सिमित साधान  स्रोतको कारणले  याहा पर्यटकहरुको  लागि सुबिधायुक्त भवनहरू   निर्माण हुन नसकिरहेको कुरा महसूस  हुन्छ  | 
                                                                                 "DahalG"
                                                                                   --0-- 

No comments:

Popular Posts