जल उठाउन कनकाई नदी तर्फ जादै भक्तजनहरु
श्रावण महिना भरि हिन्दु धर्मावालाम्बिहरूले बिभिन्न शिवालयहरुमा जल चदाएर भगवान शिवको पूजा आराधना गर्ने परम्परालाई नै बोलबम पर्व भनिन्छ | नेपालमा यो परम्पराको थालानी केही पछि मात्र भयो वा खासगरी भारतका शिव प्रेमी भक्तहरूले बिश्वनाथ धाम लगाएत बिभिन्न शिवालयेमा देखाएको अपार श्रद्दा को प्रभाब नेपालमा पनि पर्यो |
बास्तवमा श्रावणमा शिवजीलाई जल चादाउनुको अर्थ र महत्वा कति छ त्येस बारेमा ब्याख्या गर्ने मेरो आशय होइन | किनकी हरेक धर्मं परम्परामा कुनै एउटा आत्मा उत्थानको को रहस्य लुकेको हुन्छ गुरु पंडित हरुले त्येसको ब्याख्या गरिरहेकै छन, तर ब्यावाहारमा हामी त्येसलाई कसरी अपनाउछौ भन्ने कुरा नै महत्वपूर्ण कुरा हो | धर्माले जहिले पनि मानिसलाई पबित्र बन्नको लागी प्रेरणा दिई रहेको हुन्छ | श्रावानको प्रचंड गर्मी महिनामामा हलुका गेरू बस्त्र लाउने नदी तलाउमा जाने त्यहा स्नान गरेर पबित्र शिवालयाहरुमा जल चादाउदा आत्मिये शांति प्राप्त हुने कुरा त भौतिक रूपले हेर्दा पनि उचित नै देखिन्छ, अझ आध्यात्मिक दृष्टिकोणले धेरै बड़ी महत्व होला |
तर बोलबम धर्मं परम्परा मनाउने नाममा देखिने बिकृति हेर्दा आज झस्कनु पर्ने परिस्थिति आई सकेको छ | गेरू रंग वा कपड़ा बैराग्येताको प्रतिक हो जो सहजै सबैले लगाइंछ तर मनमा कति बैराग्य बोकेर हामी भगवानको आराधना गर्दैछौ भन्ने आफुलाई बोध हुदैना | खासगरी यो पर्व प्रति अत्यधिक युवा युवतीको झुकाव रहन्छ | यो नराम्रो कुरा होइन होला तर बास्तबिक्तामा गएर हेर्ने हो भने जहा धर्मं केवल आदम्बर र मनोरंजनको साधन बनिरहेको छ | खासगरी बेलुकी धाम क्षेत्रमा गएर रात बिताउदै सोमबार बिहान जल चडाउने चलन भित्र नराम्रो बिक्रीतिले ज़रा गाडिराहेको छ |
गाजा, भांग, धतुरो देखि चरेस अफीम सम्मका लागू पदार्थ खानु, असभ्य भाषामा बोल्नु हो हल्ला मच्चाउनु बाद बिबाद झै झगड़ा हुनु महिला माथि दुर्ब्याबहार हुनु धामको बाताबरण कोलाहल बन्नु जस्ता कुराहरु अब बोलबम भित्र हुने सामान्य कुरा भए | येति मात्र होइन
जसलाई हामी भगवान मानेर पूजा गर्न आएका हुन्छौ तिनै भागवान्लाई पुकारेर लगाइने जयेगान नारा सुन्दा लाग्छ त्याहा कुनै धर्मं होइन भगवान माथी ब्यंग्य गरेर रोमांस गरिँदै छ |
जसलाई हामी भगवान मानेर पूजा गर्न आएका हुन्छौ तिनै भागवान्लाई पुकारेर लगाइने जयेगान नारा सुन्दा लाग्छ त्याहा कुनै धर्मं होइन भगवान माथी ब्यंग्य गरेर रोमांस गरिँदै छ |
अर्काले जे गर्यो त्येही सीखो गरेर धर्मं हुन्छ भन्दै रोमांटिक र आडम्बरी शैलीमा बग्दै जाने हो भने बास्तबमा आध्यात्मिक जगतका लागी यो भन्दा चिन्ताको बिषाये अरु के होला र ? कुन कुराले हाम्रो आत्माले बिक्रितिबाट मुक्त गराउछ भन्ने कुरामा भन्दा पनि लहै लहैमा केही गर्दा भागवानले केही माग पूरा गरि दिनछान भन्ने बिश्वाश मा केटाकेटीले भाड़ाकुटी खेले जस्तो बनाइदिऔ आज धर्मंलाइ हामीले | सदाचार, सद्ब्यावाहार, योग, तपश्या र साधना जस्ता अद्यात्मिक चरित्र र चेतनाका कुराहरु अब केवल कथाका बिषाये बस्तु मात्र भए | येस्तई परम्परालाई हामीले हुर्काउदै जादा हामी भाबिस्येमा कहा पुग्छौ त्यों कुरामा हामी सबैले गंभीर बन्ने हो की ?
"DahalG"
No comments:
Post a Comment