पाठक मित्र ! सर्ब प्रथमत : मैले यो कुनै कथा सुनाउन लाग्या होइन र हास्यब्यंग्य लेखेको पनि होइन | यो यौटा यस्तो घटना जो आफ्नै जीवनमा घटकों थियो र रमाइलो पनि थियो त्यसैले मैले मेरो अनुभूति सबै संग बाडन उचित ठाने |
सायद १२ बर्ष भन्दा अघि कै कुरा हुनु पर्छ, त्यतिबेला म कामको शिलशिलामा पश्चिम नेपाल तिर बस्थे र घर आउदा खासगरी म एकांत प्रेमी भएका कारणले साझ बिहान एक्लै घुम्न कनकाई माइको किनारलाई सारै मन पराउथे | अहिले जस्तो नदीले कटान गरी नसकेको त्यों बेलाको माई किनारको स्वस्छ शांत र हरियालिपूर्ण बाताबरनले मनलाई साच्चई नै आनंद दिन्थ्यो | आज पनि सुरुंगाको माई किनारमा त्यों स्वच्छ र हरियालीपूर्ण जंगल त छ, तर त्यों रमाइलो र खुल्ला फाट धेरै कटान भयो |
यस्तै एक साझ करीब ६ बजे तिर म त्यों खुल्ला फाटमाँ एक्लै बिस्तारै हिन्दै थिए ,पश्चिम तिर घाम डूबी सकेका थिए तर शाझ परी सकेको थिएन | येतीकैमा पूर्बी आकासमा दिउसो देखिने जून जस्तो हल्का खैरो रंगको एउटा बिशाल पिंड जमिनतिर खस्दै गरेको मैले देखें म एकछिन रोकिएर हेरे | शुरुमा मैले त्यों पिंड कति नजिक वा टाडा छ ठम्यऔन सकिन , तर त्यसको तल झर्ने गति पनि ज्यादै कम भएकोले मैले त्येसलाई राम्ररी नै हेर्न सके बास्ताबमा त्यों धेरै टाडा जस्तो लागेन किनकी त्यों मैले हेर्दा नांग्लो जत्रो बिशाल देखिन्थ्यो | अब के गर्ने ? त्यों बिशाल पिन्दले प्रीथ्बिलाई ठाक्कर दिदा अब कोई बाच्नेवाला थिएन अथवा संसार परलय हुदै थियो | मैले धेरै कुरा सम्झे आफु, परिवार, अनि संसार...आदी | बिस्फोटन को प्राबिधिक नियेम अनुसार म पनि भुइमा थुचुक्क बसेर र वारिपरी हेरे रुखहरू थिएनन , म खुल्ला फातमा थिए | तैपनी अब के हुन्छ वा त्यों बिस्फोट हुदा कति भुई बज्रंछ र धनजनको कति स्वाहा गर्छा भनेर आतेश हुदै रहे |
म त्याती धेरै हताश हुने पनि थिईन होला, संजोग कस्तो भने -नेपाली पाठक मित्रहरुलाइ त थाहा नै होला,त्यों बेला सिक्किमका एक जना भबिस्येबेत्ताले श्रावन पहिलो हप्प्तामा संसारमा ठुलो परलय हुनेछ भनेर बोले अरे अनी नेपालमा पनि त्यों कुरा त्यों बलाका मान्छेको मुख, मुखहैमा झुन्डिएको थियो मैले त पत्यएको त थिइन तर संजोग त्यों पिंड त्यही श्रावन पहिलो हप्तामै झर्दै थियो| स्वभाबिक रुपमा मैले पनि त्यों हल्ला नभएर सच्चाई रैछ की के हो भनेर एक छीन गंभीर बने |
म रहेको ठाउभन्दा २०० मीटर जति पुरवा ४\५ बरषे सिसौका रुखको जंगल थियो | मानु कुनै अज्ञात गृह प्रीथ्बिमा ठोकिन आये जस्तो देखिने त्यों पिंड बिस्तारै जंगल को रुखको हान्गाले छेलिदै भुइमा खासे पछी म झंन डराए,
किनकी त्यों त म बाट करीब ३०० मीटर मात्र टाडा भएको मैले अंदाज गरे | यति नजिक यो रहे छ येदी बिस्फोट हुने हो भने बाचिंदैन भन्ने नै मलाई लागी रहेको थियो | तर एउटा कुरा के थाहा भयो भने यो मैले सोचे जस्तो ठुलो रहेनछ |
किनकी त्यों त म बाट करीब ३०० मीटर मात्र टाडा भएको मैले अंदाज गरे | यति नजिक यो रहे छ येदी बिस्फोट हुने हो भने बाचिंदैन भन्ने नै मलाई लागी रहेको थियो | तर एउटा कुरा के थाहा भयो भने यो मैले सोचे जस्तो ठुलो रहेनछ |
त्यों बस्तु भुइमा झरेको म बाहेक सायेद कसैले पनि देखेन किनकी त्यों जन्गालमा झर्र्यो र त्यास वरपर कोई थियेन| मइले त्यों झरे पछि कतिबेला बिस्फोट हुन्छ भनेर करीब १० मिनेट जति प्रतिक्छा गरे तर त्यों बिस्फोट भएन | त्यसपछि अध्यारो हुदै गयेकोले म घर तिर लागे तर त्यों के झरेको होला भन्ने खुल्दुली भई नै रह्यो | रात परेकोले त्याहा जाने आट पनि गरीन र तत्कालाई कसैलाई येस बारेमा कही भनिन पनि| भन्न पनि के भन्ने ,ब्यार्थको हल्ला गर्न पनि मन लागेन |
राती सुतेर पनि धेरै बेर सोची रहे आखिर त्यों बस्तु के होला -कुनै ग्राहकों टुकरा, बिग्रियेर झरेको रॉकेट वा कुनै प्रकारको छेप्यास्त्र बम... आदि | जे भए पनि कतिबेला उज्यालो हुन्छ र हेर्न जाने भनेर उत्सुकता भई रह्यो |
भोली पल्टा बिहान म सबेरे उठे र कसैलाई कही नभनी साइकल लिएर म त्यों बस्तु झरे तिर अघि बड़े |जन्गालमाँ धेरैबेर खोज्दा मात्र निकै परा एउटा सेतो बस्तु देखियो र म केही साबधानिसाथ छेउमा गए र हेरे तर त्यहा पिंड थिएन बरु त्यों ४ बर्गा मिटरमा फैलिएको कपड़ा जस्तो थियो | बिस्तारै उठाएर हेरे आखिर त्यों के थियो होला अहिले सम्म पाठक मित्रहरूले अंदाज गर्नुभो ?
बास्ताबमा त्यों बस्तु अरु केही नभएर एउटा बिशाल बेलन रहेछ -जसको मुखतिरको केहि भाग फुटेको कारणले धरतीमा खसना पुग्यो | येधपी त्यों बेलन अरु जस्तो सामान्य बेलन थिएन ,क्रीम कलरको निकै बाकलो थियो र करीब २ मीटर उचाइको थियो | त्यसको भीतरी पटोमा रहेको सेतो पाउदरको कारण त्यों मैले राखे पनि करीब ३\४ बर्शमा आफै पोचियो |
त्यती ठुलो बेलन कुन देशबाट के प्रयोजनको लागि छोडियो होला त्यों त थाहा भएन तर कनकाई माई किनार तिर जादा व अरु बेला पनि मेरो जीवनको एउटा रोचक घटनाको रुपमा म त्येसलाई समझी रहन्छु |
त्यती ठुलो बेलन कुन देशबाट के प्रयोजनको लागि छोडियो होला त्यों त थाहा भएन तर कनकाई माई किनार तिर जादा व अरु बेला पनि मेरो जीवनको एउटा रोचक घटनाको रुपमा म त्येसलाई समझी रहन्छु |
' DahalG'
No comments:
Post a Comment