कनकाई बग्छ



सललल कनकाई बग्छ धारा बनेर 
चिरिबिरी छ चराको छेउ संगीत धेर 
कणकण छ उडेको बालुवाको बथान 
        पवन सित झुलेको शाझ, दिउसो, बिहान !

         बिटाप- बिपिन झ्याम्मै झेलिएको तटैमा
चर-अचर सबैको ब्रह्म भेटे घटाईमा 
    पलपल मा छु सुन्दै कोटी होमादी गीत
    मलजल छ मिलेको शब्द ब्रह्म प्रतिक !

गिरि र बन चिरेरै बग्छ पीउष-धारा
   मह त़प त़प झर्दो स्वच्छ मौरी छ धारा 
        जति तलतल बग्दो देख्छु उक्लिन्छ माथि
    बिपुला छ कनकाई पत्रिका झैँ प्रतापी !
      अपलक मा छु हेर्दै बग्छ साहित्य धारा 
     बिचलित मन यो हुन्छ बाच्ने साहारा 
सररर छ फुलेझै लेखानी को मुहान
     घरघर छ पुगेको दिब्य बानि बितान !
तट वरिपरी मात्र हैन यो दूर-दूर 
           माग माग छ उडेको सहित्य धारा कपुर
             बिगलित जना आए भेट्छ जीवन्त बाणी
           बिचलित मन धाएबन्छ त्यो पद्मपाणी 
        अहरह म छु पिउदै अक्षरातीत  गङ्गा 
              गति,यति,लय-छंदी व्योम चुम्दो छ चंगा 
        सब बिषय समेटी अग्लिएको अथाहा 
   सररर कनकाई बग्छ वाणी प्रवाह !
                                        -- रोहिणी बिलाश लुइँटेल, शनिश्चरे, झापा

No comments:

Popular Posts