संसार परलय हुनलाग्दा म...


'कनकाई' नेपालको सबै भन्दा लामो पुल:

       पाठक मित्र ! सर्ब  प्रथमत : मैले यो कुनै कथा सुनाउन  लाग्या होइन र हास्यब्यंग्य  लेखेको पनि होइन | यो यौटा यस्तो घटना जो आफ्नै जीवनमा घटकों थियो र रमाइलो पनि थियो त्यसैले मैले मेरो अनुभूति सबै संग बाडन उचित ठाने |
        सायद १२ बर्ष  भन्दा अघि कै कुरा हुनु पर्छ, त्यतिबेला म कामको शिलशिलामा पश्चिम नेपाल तिर बस्थे र घर आउदा खासगरी म एकांत  प्रेमी भएका कारणले साझ  बिहान एक्लै  घुम्न कनकाई  माइको किनारलाई सारै मन पराउथे | अहिले जस्तो नदीले कटान गरी नसकेको त्यों बेलाको  माई किनारको स्वस्छ शांत र हरियालिपूर्ण बाताबरनले  मनलाई  साच्चई नै आनंद दिन्थ्यो | आज पनि सुरुंगाको माई किनारमा त्यों स्वच्छ  र हरियालीपूर्ण जंगल त छ,  तर त्यों रमाइलो र खुल्ला  फाट धेरै कटान भयो |
           यस्तै एक साझ करीब ६ बजे तिर म त्यों खुल्ला फाटमाँ  एक्लै बिस्तारै हिन्दै  थिए ,पश्चिम तिर घाम डूबी सकेका थिए तर शाझ परी सकेको थिएन | येतीकैमा पूर्बी आकासमा दिउसो देखिने जून जस्तो हल्का खैरो रंगको एउटा बिशाल पिंड जमिनतिर  खस्दै गरेको मैले देखें म एकछिन रोकिएर हेरे | शुरुमा मैले त्यों पिंड कति नजिक वा टाडा छ ठम्यऔन सकिन , तर  त्यसको तल झर्ने गति पनि ज्यादै कम भएकोले मैले त्येसलाई राम्ररी नै हेर्न सके बास्ताबमा  त्यों धेरै टाडा जस्तो लागेन किनकी त्यों मैले हेर्दा नांग्लो  जत्रो बिशाल देखिन्थ्यो | अब के गर्ने ? त्यों बिशाल पिन्दले    प्रीथ्बिलाई ठाक्कर दिदा अब कोई बाच्नेवाला थिएन अथवा संसार परलय हुदै थियो | मैले धेरै कुरा सम्झे आफु, परिवार, अनि संसार...आदी | बिस्फोटन को प्राबिधिक नियेम अनुसार म पनि भुइमा थुचुक्क बसेर र वारिपरी हेरे  रुखहरू थिएनन , म खुल्ला फातमा थिए | तैपनी अब के हुन्छ वा त्यों बिस्फोट हुदा कति भुई बज्रंछ    र धनजनको कति स्वाहा गर्छा भनेर आतेश हुदै रहे |
      म त्याती धेरै हताश हुने पनि थिईन होला, संजोग कस्तो भने -नेपाली पाठक मित्रहरुलाइ  त थाहा नै होला,त्यों बेला सिक्किमका एक जना भबिस्येबेत्ताले श्रावन पहिलो हप्प्तामा संसारमा ठुलो परलय हुनेछ भनेर बोले अरे अनी नेपालमा पनि त्यों कुरा त्यों बलाका मान्छेको मुख, मुखहैमा झुन्डिएको थियो मैले त पत्यएको त थिइन तर संजोग त्यों पिंड त्यही श्रावन पहिलो हप्तामै झर्दै थियो| स्वभाबिक रुपमा मैले पनि त्यों हल्ला नभएर सच्चाई रैछ की के हो भनेर एक छीन  गंभीर बने |
       म रहेको ठाउभन्दा २०० मीटर जति पुरवा  ४\५ बरषे  सिसौका रुखको जंगल थियो | मानु    कुनै अज्ञात गृह प्रीथ्बिमा ठोकिन आये जस्तो देखिने त्यों पिंड बिस्तारै जंगल को रुखको हान्गाले    छेलिदै भुइमा खासे   पछी म झंन   डराए,

कनकाई बग्छ



सललल कनकाई बग्छ धारा बनेर 
चिरिबिरी छ चराको छेउ संगीत धेर 
कणकण छ उडेको बालुवाको बथान 
        पवन सित झुलेको शाझ, दिउसो, बिहान !

         बिटाप- बिपिन झ्याम्मै झेलिएको तटैमा
चर-अचर सबैको ब्रह्म भेटे घटाईमा 
    पलपल मा छु सुन्दै कोटी होमादी गीत
    मलजल छ मिलेको शब्द ब्रह्म प्रतिक !

गिरि र बन चिरेरै बग्छ पीउष-धारा
   मह त़प त़प झर्दो स्वच्छ मौरी छ धारा 
        जति तलतल बग्दो देख्छु उक्लिन्छ माथि
    बिपुला छ कनकाई पत्रिका झैँ प्रतापी !
      अपलक मा छु हेर्दै बग्छ साहित्य धारा 
     बिचलित मन यो हुन्छ बाच्ने साहारा 
सररर छ फुलेझै लेखानी को मुहान
     घरघर छ पुगेको दिब्य बानि बितान !
तट वरिपरी मात्र हैन यो दूर-दूर 
           माग माग छ उडेको सहित्य धारा कपुर
             बिगलित जना आए भेट्छ जीवन्त बाणी
           बिचलित मन धाएबन्छ त्यो पद्मपाणी 
        अहरह म छु पिउदै अक्षरातीत  गङ्गा 
              गति,यति,लय-छंदी व्योम चुम्दो छ चंगा 
        सब बिषय समेटी अग्लिएको अथाहा 
   सररर कनकाई बग्छ वाणी प्रवाह !
                                        -- रोहिणी बिलाश लुइँटेल, शनिश्चरे, झापा

के दोष छ र

                                                                              
    पिउदा पिउदै रित्तिएको बोत्तल संग के दोष छ र,
सेवा गर्न राखिएको होटल संग के दोष छ र !
  ठोक ठोक कति ठोक्छौ तिम्रै हात दुख्छ होला,
 निश्वास र निश्वार्थ को टेबल संग के दोष छ र  !
                                          -- अनिश्चित सिर्जना बराल , शान्तिनगर, झापा

Popular Posts